हवाई उडान प्रभावित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

हवाई उडान प्रभावित


८ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । शुक्रबार हवाई उडान प्रभावित बनेको छ । प्रतिकूल मौसमका कारण अपराह्नदेखि उडान प्रभावित बनेको हो । 

काठमाडौँमा चलेको हावाहुरीका कारण त्रिभुवन विमानस्थलबाट हुने उडानहरू डिले भएका छन् । दोहाबाट आएको कतार एयरवेज र नयाँ दिल्लीबाट आएको भिस्तारा एयरको जहाज आकाशमै होल्ड भएका छन् ।

आन्तरिकतर्फ पनि विराटनगर, पोखरासहितका गन्तव्यमा जानु पर्ने जहाजहरू डिले भएका छन् । अहिले काठमाडौंमा हावाहुरीका कारण सडकमा समेत जनजीवन प्रभावित बनेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस