कर्मचारीलाई राजनीति नगर्न धरान मेयरको चेतावनी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कर्मचारीलाई राजनीति नगर्न धरान मेयरको चेतावनी


७ बैशाख २०८०, बिहिबार


काठमाडौँ । एकपछि अर्को लोकप्रिय काम गरेर चर्चा कमाउँदै आएका धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई(हर्क साम्पाङ)ले कर्मचारीलाई राजनीति नगर्न चेतावनी दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै कर्मचारीले राजनीति नगरे आफूले पनि राजनीति गर्न पर्ने भन्दै कानमा बुच्चो लगाएर आफ्नो काम गर्न भनेका छन् । 

कर्मचारीहरूले राजनीति नगर्नु होला नत्र फेरि मैले पनि राजनीति गर्नु पर्छ १ कानमा बुच्चो लगाएर आफ्नो काम गर्नु होला ! मेयर साम्पाङले लेखेका छन् । 

मेयर साम्पाङले आजै दिउँसो मात्रै वडाध्यक्षहरूको राजीनामा मागेका थिए । पटक-पटक कार्यपालिका बैठक बहिष्कार भएपछि मेयर राईले फेरी वडाध्यक्षहरूको राजीनामा मागेका हुन् । यसअघि १ पुसमा पनि मेयर साम्पाङले कार्यपालिकासहित वडाध्यक्षहरूको राजीनामा मागेका थिए ।

मेयर साम्पाङले वडाहरूमा के कस्ता, काम भएका छन् तुरुन्तै सार्वजनिक गर्न वडाध्यक्षहरूलाई निर्देशन समेत दिएका छन् । मेयर साम्पाङले एकलौटी गरेको, छलफल नगर्ने गरेको वडाध्यक्षहरूले आरोप लगाउँदै आएका छन् भने वडाध्यक्षहरू विकास विरोधी भएको मेयर साम्पाङले सामाजिक सञ्जाल मार्फत लेख्दै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस