१३ जना प्रहरी नायव महानिरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

१३ जना प्रहरी नायव महानिरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान 


७ बैशाख २०८०, बिहिबार


काठमाडौँ । प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका १३ जना प्रहरी नायव महानिरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । 

प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । 

नेपाल सरकार उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तरको २०८० वैशाख ६ गतेको निर्णयअनुसार १३ जना प्रहरी नायव महानिरीक्षकका बढुवा भएका थिए । 

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी नायव महानिरीक्षकहरूमा कुबेर कडायत, केदार ढकाल, विष्णु कुमार केसी, भरत बहादुर बोहरा, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्र कुबेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य, सुरेन्द्र प्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञ विनोद पोखरेल र विकास राज खनाल रहेका छन् । 

समारोहमा प्रहरी महानिरीक्षक कुँवरले पदोन्नतिको अवसरका लागि नेपाल सरकारप्रति आभार व्यक्त गर्दै पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई बधाई दिए । नेपाल सरकार गृह मन्त्रालय लगायत नेतृत्व तह प्रहरी सङ्गठनलाई सुधार, सुदृढीकरण र सबलीकरण गर्नमा प्रतिबद्ध रहेकोले सम्पूर्ण प्रहरी अधिकृत तथा जवानहरू एकजुट भएर प्रहरीको काम कारबाहीलाई अझ बढी प्रभावकारी बनाउनुपर्ने उनले बताए । आफूले प्राप्त गरेको प्रदीप जिम्मेवारीलाई अझ फरक ढङ्गले सम्पादन गरी मनोवृत्तिगत परिवर्तन गर्दै रूपान्तरण हुन पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई महानिरीक्षक कुँवरले निर्देशन दिए । 

प्रहरी महानिरीक्षक कुँवरले व्यक्तिगत स्वार्थ त्यागेर अगाडि बढेमा काम गर्नका लागि मनोबल, उत्प्रेरणा र इच्छाशक्ति प्राप्त हुने चर्चा गर्दै प्रहरीको कार्यसम्पादन तथा प्रहरीले प्रवाह गर्ने सेवामा स्तरोन्नति हुने उल्लेख गरेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस