कर्णाली प्रदेश मन्त्रिपरिषद् विस्तार « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कर्णाली प्रदेश मन्त्रिपरिषद् विस्तार


७ बैशाख २०८०, बिहिबार


काठमाडौँ । कर्णाली प्रदेश मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रिपरिषद् विस्तार गरेका छन। 

काँग्रेस सरकारमा पठाउन तीन मन्त्रीको नाम सिफारिस गरेसँगै मुख्यमन्त्री शर्माले आज मन्त्रिपरिषद् विस्तार गरेका हुन।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज आर्थिक मामिला तथा योजना मन्त्रीमा वेदराज सिंह, सामाजिक विकास मन्त्रीमा खड्गबहादुर पोखरेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार बिसी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा उर्मिला विकलाई नियुक्तिका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेको थियो।

प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम कार्य विभाजन सहित मन्त्रिपरिषद् गठन गरेका हुन । 

Tags :
प्रतिक्रिया दिनुहोस