अर्थमन्त्रीको आर्थिक सल्लाहकार पौडेल नियुक्त « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

अर्थमन्त्रीको आर्थिक सल्लाहकार पौडेल नियुक्त


७ बैशाख २०८०, बिहिबार


काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतको आर्थिक सल्लाहकारमा अर्थविद् विश्व पौडेल नियुक्त भएका छन् । पौडेल अर्थ मन्त्रालयमा मन्त्री डा. महतको प्रमुख सल्लाहकार नियुक्त भएका हुन् ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका पोडेल संसदीय निर्वाचनमा चितवन-१ बाट उम्मेदवार समेत बनेका थिए । उनलाई अर्थमन्त्री महतले अर्थ मन्त्रालयमा ल्याएका हुन् । 

यस्तै अर्थमन्त्री महतले डा. पोषराज पाण्डे र डा. गुणाकर भट्टलाई विज्ञका रूपमा नियुक्त गरेका छन् । अर्थमा पौडेल र पाण्डे अवैतनिक रूपमा अर्थमा खटिने छन् । नेपाल राष्ट्र बैकका कार्यकारी निर्देशक भट्टलाई काजमा अर्थ मन्त्रालय तान्न लागिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस