प्रतितोला ५०० रुपैयाँले घट्यो सुनको मूल्य « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रतितोला ५०० रुपैयाँले घट्यो सुनको मूल्य


७ बैशाख २०८०, बिहिबार


काठमाडौँ । आज सुनको मूल्य नेपाली बजारमा घटेको छ । आज सुन तोलामा पाँच सय रुपैयाँले घटेको छ ।

पाँच सय रुपैयाँले घटेर आज तोलामा १ लाख ९ हजार ८०० र तेजाबी सुनको मूल्य १ लाख ९ हजार ३०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ३०० र तेजाबी सुनको मूल्य १ लाख ९ हजार ७५० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १४ सय ४५ रुपैयाँ कायम भएको छ । हिजो बुधबार पनि चाँदीको कारोबार यही मूल्यमा भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस