एसीसी प्रिमियर कप : आज दुई खेल हुँदै « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

एसीसी प्रिमियर कप : आज दुई खेल हुँदै


७ बैशाख २०८०, बिहिबार


काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा आज दुई खेल हुदैछ । आज मुलपानी मैदान र टियु मैदानमा समान १/१ खेल आयोजना हुदैछ ।

मुलपानी मैदानमा हुने खेलमा समूह ए का मलेसिया र साउदी अरेवियाबीच खेल हुदैछ । पहिलो खेलमा घरेलु टोली नेपालसँग पराजित भएको मलेसिया दोस्रो खेलमा खेल्दैछ । साउदी भने प्रतियोगिताको पहिलो खेल खेल्दैछ ।

यस समूहमा २ अङ्कका साथ नेपाल शीर्ष स्थान र समान २ अङ्क नै भएको ओमान दोस्रो स्थानमा रहेको छ । टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा समूह बी का सिंगापुर र बहराइनबीच खेल हुदैछ ।

समूह बी मा २ अङ्कका साथ युएई शीर्ष स्थानमा रहेको छ । युएईसँग समान २ अङ्क नै भएको हङकङ दोस्रो स्थानमा रहेको छ । आज हुने दुवै खेल बिहान ९ बजे सुरु हुनेछ ।

वैशाख १८ गते सम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा खेल सञ्चालन हुनेछ ।

कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते टियु मैदानमा आयोजना हुनेछ । यस प्रतियोगितामा १० राष्ट्रको सहभागिता रहेको छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ए मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह बी मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस