पाँच प्रदेशका पहाडी भू-भागमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

पाँच प्रदेशका पहाडी भू-भागमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना


७ बैशाख २०८०, बिहिबार


काठमाडौँ । स्थानीय वायुको र पश्चिमी वायुको आंशिक प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी, कर्णाली , सुदूरपश्चिम, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, आज राति भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। मधेस र कोशी प्रदेशका तराईका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस