अख्तियारमा गैरकर्मचारी पृष्ठभूमिका व्यक्तिलाई ल्याउनुपर्ने माग  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अख्तियारमा गैरकर्मचारी पृष्ठभूमिका व्यक्तिलाई ल्याउनुपर्ने माग 


६ बैशाख २०८०, बुधबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अख्तियारलाई ‘रिटायर्ड कर्मचारी क्लब’ नबनाउन सांसदहरुले माग गरेका छन् । 

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनीहरूले अख्तियारको प्रभावकारिता बढाउन पदाधिकारी नियुक्ति गर्दा नै विचार गर्नुपर्ने भन्दै पदाधिकारी बनाउन गैरकर्मचारी पृष्ठभूमिका व्यक्तिलाई बनाउनुपर्ने धारणा राखेका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयकको सैद्धान्तिक पक्षबारे छलफल गर्नै उनीहरूले पूर्वकर्मचारीलाई आयोगको जिम्मेवारी दिँदा आफूले सेवामा रहँदा गरेको गलत काम ढाकछोप हुने र संस्थालाई प्रभावकारी रूपमा चलाउन नसकेकोले गैर कर्मचारीलाई आयोगमा लानुपर्ने माग गरेका हुन्। 

पछिल्लो वर्षहरूमा अख्तियारसहित संवैधानिक निकायको पदाधिकारीमा उच्च सरकारी सेवाबाट अवकाश पाएकाहरूलाई मात्रै जिम्मेवारी दिने विकृति बढ्दै गएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस