कर्मचारीहरूद्वारा सिंहदरवार ठप्प पार्ने चेतावनी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कर्मचारीहरूद्वारा सिंहदरवार ठप्प पार्ने चेतावनी


६ बैशाख २०८०, बुधबार


काठमाडौँ । ट्रेड युनियनहरूले सिंहदरवार ठप्प पार्ने चेतावनी दिएका छन् । 

कर्मचारीहरूले उठाएका माग सरकारले सम्बोधन नगरेको भन्दै निजामती कर्मचारी ट्रेड युनियनहरूले प्रशासनिक केन्द्र सिंहदरवार ठप्प पार्ने चेतावनी दिएका हुन् । 

ट्रेड युनियनहरूले यही वैशाख १९ र २० गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एसएमएस पठाउने र वैशाख २१ गते सिंहदरवार कार्यस्थल रहेका कर्मचारीहरू कार्यालयमा अनुपस्थित रहने पनि उनीहरूको आन्दोलनका कार्यक्रममा उल्लेख छ।

कर्मचारीहरूले उठाएका माग सरकारले सम्बोधन नगरेकोले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नुपरेको कर्मचारी युनियनहरूको भनाई छ । 

प्रस्तावित संघीय निजामती सेवा ऐनमा आफूहरूले उठाउँदै आएका माग समावेश नगरिएकोले उनीहरूको आरोप छ । 

कर्मचारीहरूले उठाएका वृत्ति विकास, सेवा तथा सुरक्षालगायतका माग सम्बोधन हुनुपर्ने उनीहरूको माग छ । 

यो समाचारमा त्रुटीबस फरक फोटो पर्न गएकोले सच्याईएको छ -सम्पादक

Tags :
प्रतिक्रिया दिनुहोस