बिहान १ बजेदेखि ७ बजेसम्म त्रिभुवन विमानस्थलमा उडान–अवतरण नहुने « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

बिहान १ बजेदेखि ७ बजेसम्म त्रिभुवन विमानस्थलमा उडान–अवतरण नहुने


६ बैशाख २०८०, बुधबार


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौँ । बिहान १ बजेदेखि ७ बजेसम्म त्रिभुवन विमानस्थलबाट कुनै पनि उडान–अवतरण नहुने भएको छ ।

बिहीबार विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान यस अवधिमा बन्द रहने विमानस्थलले जनाएको छ ।

विमानस्थलका अनुसार विमानस्थलको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ बनाउने क्रममा अनलाइन यूपीएस जडान गर्ने काम जारी रहेका कारण उडान अवरुद्ध हुने भएको हो ।

सो समयमा उडान गर्ने यात्रुले आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी व्यवस्था मिलाउन समेत विमानस्थलले यात्रुसँग अनुरोध गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस