दोहोरो नागरिकता लिएको भन्दै पूर्वमन्त्रीसहित १२ नेताविरुद्ध उजुरी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

दोहोरो नागरिकता लिएको भन्दै पूर्वमन्त्रीसहित १२ नेताविरुद्ध उजुरी


५ बैशाख २०८०, मंगलबार


काठमाडौँ । दोहोरो नागरिकता लिएको भन्दै पूर्वमन्त्रीसहित १२ जनाविरुद्ध उजुरी परेको छ । उदयपुरबाट प्रतिनिधि सभामा निर्वाचित डा. नारायण खड्काले दोहोरो नागरिकता लिएको भन्दै छानबिन गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी दर्ता भएको हो।

पूर्वमन्त्रीसमेत रहेका काँग्रेस नेता खड्काको नागरिकता छानबिन गर्न माग राख्दै युवराज पौडेल (सफल)ले उजुरी दिएका हुन्। उजुरीमा खड्कासहित उच्च पदस्थ १२ जनाको नेपाली नागरिकता र पिआर तथा ग्रिनकार्डको छानबिन गर्न माग गरिएको छ।

राजेन्द्र महतो, सरिता गिरी, सुजता कोइराला, अनुराधा कोइराला, रेणु दाहाल पाठक, गङ्गा दाहाल प्रधान, परमानन्द झा, देवेन्द्रराज कँडेल, डा. स्वर्णिम वाग्ले, डा. मिनेन्द्र रिजाल र दिलेन्द्रप्रसाद बडुको दोहोरो नागरिकता रहेको उजुरीमा दाबी गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस