उपनिर्वाचन : आयोगको सहमतिबिना प्रचारमा निजी हेलिकोप्टर पनि प्रयोग गर्न नपाइने   « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

उपनिर्वाचन : आयोगको सहमतिबिना प्रचारमा निजी हेलिकोप्टर पनि प्रयोग गर्न नपाइने  


५ बैशाख २०८०, मंगलबार


काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचनको प्रचारमा हेलिकोप्टरको प्रयोग नगर्न निर्देशन दिएको छ ।

आयोगले एक विज्ञप्ति जारी गर्दै यातायातमार्फत नै प्रचार गर्न सकिने भन्दै उम्मेदवार र दलका नेता कार्यकर्तालाई हेलिकोप्टर प्रयोग नगर्न निर्देशन दिएको हो । 

साथै, आयोगले निर्वाचन आचारसंहिताको पूर्ण कार्यान्वयनका लागि सरकारी निकाय तथा निजी हेलिकोप्टर सेवा प्रदायकलाई आयोगको सहमति बिना सेवा उपलब्ध नगराउन जानकारी गराएको छ । वैशाख १० गते उपनिर्वाचन हुँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस