सैनिक आचारसंहिता कार्यक्रम शुभारम्भ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सैनिक आचारसंहिता कार्यक्रम शुभारम्भ


५ बैशाख २०८०, मंगलबार


काठमाडौँ । नेपाली सेनाको सङ्गठनमा रहेका सम्पूर्ण जनशक्तिलाई पदमा रहँदा तथा सेवा निवृत्त भइसकेपछि पनि गर्न हुने र नहुने गतिविधि एवं सैनिक आचरणका बारेमा सु–सूचित गराउन आचारसंहिता कार्यक्रम सञ्चालन गरिएको छ ।

सेनाको सकल दर्जालाई अनुशासित, नैतिकवान् र जिम्मेवारीपूर्ण सिपाहीको पहिचान कायम राख्न एवं सैनिक आचारसंहिता सङ्ग्रहमा उल्लिखित विषय प्रशिक्षित तुल्याउने उद्देश्यले सेनाले दुई दिवसीय कार्यक्रम गरेको हो । सेनाले प्रत्येक वर्ष नववर्ष प्रारम्भसँगै यस्तो कार्यक्रम गर्दै आएको छ ।

बलाध्यक्ष रथी सीताराम खड्काले आज कार्यक्रमको शुभारम्भ गर्दै सेनाको सबै तहसम्म आचारसंहिताबारे ज्ञान अभिवृद्धि तथा सकल दर्जालाई अनुशासित र व्यावसायिक फौज निर्माण गर्नु कार्यक्रमको उद्देश्य रहेको बताए ।

प्रधानसेनापति प्रभुराम शर्मा सैनिक मुख्यालय जङ्गी अड्डामा सञ्चालित कार्यक्रम समापन समारोहमा बुधबार सहभागी हुन हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस