अवैध रूपमा यार्सा सङ्कलनमा जाने चारजना पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अवैध रूपमा यार्सा सङ्कलनमा जाने चारजना पक्राउ


५ बैशाख २०८०, मंगलबार


काठमाडौँ । लुकिछिपी यार्सागुम्बा टिप्न जाने चारजना पक्राउ परेका छन्। 

से-फोक्सुन्डो राष्ट्रिय निकुञ्जको टोली र रामवाण गुल्मको संयुक्त गस्ती टोलीले डोल्पाको तोइजुमबाट यार्सा सिजन खुल्नुअगाडि नै पाटनमा छिर्न खोज्ने चारजनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा जगदुल्ला गाउँपालिका-४ चौँरीकोट बस्ने ३२ वर्षीय सोमराज रोकाय, सोही स्थानका ३८ वर्षीय मानबहादुर थापा, १६ वर्षका वसन्त सिंह र वडा नम्बर ३ थापागाउँका ३८ वर्षीय कर्माप्रसाद विक रहेका निकुञ्जले जनाएको छ । 

उनीहरू अवैध रूपमा पाटन छिर्न खोज्दा पक्राउ परेका हुन्। डोल्पामा प्रत्येक वर्ष सर्वदलीय निर्णय गरेर मात्र यार्सा सङ्कलन खुलाउने गरिएको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस