सिटी होटलको आइपीओमा आवेदन दिने आज अन्तिम दिन « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

सिटी होटलको आइपीओमा आवेदन दिने आज अन्तिम दिन


५ बैशाख २०८०, मंगलबार


काठमाडौँ । सिटी होटलको आइपीओमा आवेदन दिने आज (मंगलबार) अन्तिम दिन रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आज वैशाख ५ गते कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिइसक्नुपर्नेछ।

सिटी होटलले चैत २१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आइपीओ बिक्री खुला गरेको हो। यस कम्पनीले १ लाख ६७ हजार ४ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आइपीओ बिक्री खुला गरेको छ। यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्।

साथै, यस कम्पनीले सर्वसाधारण लगानीकर्तालाई वैशाख २५ गतेदेखि आइपीओ निष्कासन गर्न लागेको छ। होटलले आफ्नो जारी पुँजीको १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १०५ ले हुन आउने १६ करोड ७४ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो। जसअनुसार प्रति सेयर १ सय अङ्कित मूल्यमा १६ लाख ७४ कित्ता सेयर निष्कासन गर्न लागेको हो। सोमध्ये १०५ अर्थात् १ लाख ६७ हजार ४ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आइपीओ बिक्री खुला गरेको हो।

सर्वसाधारणले बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। सर्वसाधारण लगानीकर्ताले यसमा वैशाख २८ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा जेठ ८ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस