कर्णाली प्रदेश सरकारद्वारा ६ दिन सार्वजनिक बिदा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कर्णाली प्रदेश सरकारद्वारा ६ दिन सार्वजनिक बिदा


५ बैशाख २०८०, मंगलबार


काठमाडौँ । कर्णाली प्रदेश सरकारले वि.सं २०८० का लागि ६ दिन सार्वजनिक बिदा दिने भएको छ।

प्रदेश सरकारको २०७९ चैत २९ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार यहाँ १० जिल्लामा लागू हुने गरी सार्वजनिक बिदाको सूचना गरेको हो। राजपत्रमा प्रकाशित सूचनाअनुसार असार १५ गते जुम्लाबाहेक नौ जिल्ला र जुम्लामा चैत १२ गते राष्ट्रिय धान दिवसको अवसरमा बिदा दिने गरी राजपत्रमा सूचना गरिएको छ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव ध्रुव घिमिरेका अनुसार साउन १ गते साउने सङ्क्रान्ति तथा देउडा पर्व, भदौ ४ गते प्रदेश स्थापना तथा शहीद दिवस, चैते दशैँ र राम नवमीका दिनमा सरकारले प्रदेशभरि नै बिदा दिने सूचना प्रकाशन गरिएको छ।

यस्तै असोज कृष्ण त्रयोदशीमा जुम्ला जिल्लाका प्रादेशिक र स्थानीय तहका कार्यालयका लागि चन्दननाथ मन्दिरको लिङ्गो बोक्ने मेलाको अवसरमा बिदा दिइनेछ।

Tags :
प्रतिक्रिया दिनुहोस