नयाँ शैक्षिकसत्र सुरु भएसँगै ५९ जिल्लामा पुग्यो पाठ्यपुस्तक « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

नयाँ शैक्षिकसत्र सुरु भएसँगै ५९ जिल्लामा पुग्यो पाठ्यपुस्तक


४ बैशाख २०८०, सोमबार


काठमाडौँ । देशभरका ५९ जिल्लाका विद्यालयहरूमा पाठ्यपुस्तक पुगेको छ । नयाँ शैक्षिकसत्र सुरु भएसँगै गएको चैत २४ देखि  पाठ्यपुस्तक वितरण सुरु गरिएको थियो  । जनक शिक्षा सामग्री केन्द्रका अनुसार वैशाख ३ गतेसम्म देशभरका ५९ जिल्लाका विद्यालयहरूमा पाठ्यपुस्तक पुगेको छ ।

पाठ्यपुस्तक बिक्री-वितरण र छपाइका विषयमा सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकारीले जनक शिक्षा सामग्री केन्द्रको अनुगमन गरेका थिए ।

अनुगमनपश्चात् जनक शिक्षाका प्रबन्धक अनिलकुमार झाले नयाँ शैक्षिकसत्रमा सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्‍याउने गरी काम भइरहेको बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस