गौरवका आयोजना छिटो सम्पन्न हुने गरी नीतिगत निर्णय गर्न माग « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

गौरवका आयोजना छिटो सम्पन्न हुने गरी नीतिगत निर्णय गर्न माग


४ बैशाख २०८०, सोमबार


काठमाडौँ । राष्ट्रिय गौरवका आयोजनाहरूको काम छिटो सम्पन्न हुने गरी नीतिगत निर्णय गर्न सरकारसँग माग गरिएको छ । 

राष्ट्रिय सभाका सदस्यहरूले यस्तो माग गरेका हुन् । 

सोमवार राष्ट्रिय सभा बैठकमा पेस गरिएको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६, ०६७/०७७ र ०७७/०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवम् मूल्याङ्कन प्रतिवेदन २०७९ माथिको छलफलमा भाग लिँदै राष्ट्रिय सभाका सदस्यहरू अनिता देवकोटा, रामचन्द्र राई, सोनाम ग्याल्जेन शेर्पालगायतले राष्ट्रिय गौरवका आयोजनाहरू छिटो सम्पन्न हुने गरी नीतिगत निर्णय लिन सरकारलाई दबाब दिएका हुन् । 

सांसद देवकोटाले राष्ट्रिय गौरवका आयोजनाहरूलाई छिटो सम्पन्न हुने गरी अघि बढाउनका लागि कुनै पनि समस्या नआउने गरी आवश्यक निर्णय लिन सरकारले ढिलाइ गर्न नहुनेमा जोड दिइन् ।

उनले राष्ट्रिय गौरवका आयोजनाहरूको काम अघि बढाउनका लागि अन्तर मन्त्रालयबीचको समन्वयमा पनि जोड दिन सरकारको गम्भीर ध्यानाकर्षण गराइन् । 

Tags :
प्रतिक्रिया दिनुहोस