सबैभन्दा बढी बेरुजु तुलसीपुरमा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सबैभन्दा बढी बेरुजु तुलसीपुरमा


४ बैशाख २०८०, सोमबार


काठमाडौँ । दाङको तुलसीपुर उपमहानगरपालिकामा सबैभन्दा बढी बेरुजु भएको छ।

महालेखाको ६०औँ प्रतिवेदनअनुसार नेपालका ११ उपमहानगरपालिकामध्ये तुलसीपुर उपमहानगरपालिकामा सबैभन्दा बढी ६.६९ प्रतिशत बेरुजु देखिएको हो।

आर्थिक वर्ष ०७८–७९ को प्रतिवेदन अनुसार तीन अर्ब पाँच करोड लेखापरीक्षण रकममध्ये उपमहानगरपालिकाको २३ करोड ९१ लाख ३७ हजार बेरुजु देखिएको छ। 

उपमहानगरपालिकाको यसअघिको तिर्न बाँकी बेरुजु १३ करोड ५७ लाख ६७ हजार रहेको थियो । योसँगै तुलसीपुरको बेरुजु रकम ३७ करोड ५० लाखभन्दा बढी छ । त्यस्तै, सबैभन्दा कम हेटौँडा नगरपालिकाको छ। जसको ०.७७ प्रतिशत मात्रै बेरुजु देखिएको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस