राष्ट्र बैंकले २४ अर्ब ७० करोडको ट्रेजरी बोलकबोल गर्दै  « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

राष्ट्र बैंकले २४ अर्ब ७० करोडको ट्रेजरी बोलकबोल गर्दै 


४ बैशाख २०८०, सोमबार


काठमाडौँ ।  सोमबार नेपाल राष्ट्र बैंकले २४ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने तयारी गरेको छ । बैंकका अनुसार २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी कूल २४ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बोलकबोल गरिने छ ।  

इच्छुक खरिदकर्ताले आज दिउँसो ३ बजेभित्र तोकेको अनलाइन ठेगानामा आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

यद्यपि, कूल ट्रेजरीमध्ये १५ अर्ब २० करोड रुपैयाँ पुरानो नवीकरण गरेर बाँकी रहेको ९ अर्ब ५० करोड रुपैयाँ नयाँ बिक्री गर्ने केन्द्रीय बैंकको भनाई छ ।  

Tags :
प्रतिक्रिया दिनुहोस