हिमाल सफाइ गर्न अन्नपूर्ण पुग्यो सेनाको टोली « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

हिमाल सफाइ गर्न अन्नपूर्ण पुग्यो सेनाको टोली


४ बैशाख २०८०, सोमबार


काठमाडौँ । नेपाली सेनाको एक टोली अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेको छ । हिमाल सफाइ अभियानमा जुटेको सह-सेनानी सुमन पाण्डेको नेतृत्वमा रहेको सेनाको टोलीले आज बिहान ८ः ५५ मिनेटमा आठ हजार ९१ मिटरको विश्वको दशौँ अग्लो हिमालको चुचुरोमा पुग्न सफल भएको हो । 

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार टोलीमा प्यूठ् मानसिंह चौधरी, सिपाही नवराज राना, सिपाही ज्ञानेन्द्र डाँगी, मुख्य पथप्रदर्शक छिरिङ जङ्बु शेर्पासहित पाँच शेर्पा सहयोगी छन् । जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यअनुरूप नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अन्तर्गत सेनाको अगुवाइमा वार्षिकरुपमा हिमाल सफाइ अभियान सञ्चालन भइरहेको छ । यस वर्ष सगरमाथा, ल्होत्से, वरुञ्चे र अन्नपूर्ण हिमाल सफाइ भइरहेको छ ।

सगरमाथा र ल्होत्से हिमालका लागि प्रमुख सेनानी किशोर अधिकारी नेतृत्वको १३ जनाको टोली दोस्रो आधार शिविरमा पुगेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस