२०० बढी शिक्षक हटाउने निर्णय  « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

२०० बढी शिक्षक हटाउने निर्णय 


४ बैशाख २०८०, सोमबार


काठमाडौँ।  रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले एकै पटक दुई सय बढी करार शिक्षकलाई जागिर बाट हटाउने निर्णय गरेको छ ।

खर्च धान्न नसकिने भन्दै पालिकाभित्रका विभिन्न सामुदायिक विद्यालयहरूमा कार्यरत २ सय ४६ जना करार सेवामा रहेका शिक्षकहरू हटाउने निर्णय गरेका हो । 

आन्तरिक स्रोतबाट शिक्षकलाई तलब सुविधा दिन नसकिने नगरपालिकाले जनाएको छ । सामुदायिक विद्यालयमा कार्यरत करार शिक्षकहरूको करार सम्झौता नवीकरण नहुने नगरपालिकाको भनाई छ । ।

Tags :
प्रतिक्रिया दिनुहोस