ओलीलाई भेट्न प्रचण्ड, देउवा र सभामुख घिमिरे बालकोटमा « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

ओलीलाई भेट्न प्रचण्ड, देउवा र सभामुख घिमिरे बालकोटमा


४ बैशाख २०८०, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित, सभामुख देवराज घिमिरे र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बालकोट पुगेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनीहरू ओली निवास बालकोट पुगेका हुन् । ओली भाइरल ज्वरोका कारण बिरामी भएर आराम गरिरहेका छन ।   

यो भेटमा संवैधानिक परिषद् सम्बन्धी विधेयक, सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकलाई अगाडि बढाउने विषयमा समेत छलफल हुने जनाइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस