यस्तो छ आजसहित आगामी तीन दिनको मौसम « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

यस्तो छ आजसहित आगामी तीन दिनको मौसम


४ बैशाख २०८०, सोमबार


काठमाडौँ । सोमबार बिहान देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सफा रहने छ।

महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थान र बाँकी पहाडी भू–भागका एक दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

त्यस्तै लुम्बिनी प्रदेशका तराई भूभागमा हावाहुरी र उपत्यका लगायत केही स्थानमा तुवाँलोको सम्भावना रहेको महाशाखाले जनाएको छ भने राती पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। 

महाशाखाले चट्याङ र हावाहुरीबाट क्षति हुन नदिन सतर्कता अपनाउन अनुरोध गरेको छ। 

२०८० वैशाख ४ गते(सोमबार)

दिउँसोː   देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी  भू–भागमा सामान्यतया मौसम सफा रहने छ। देशका गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरू र बाँकी पहाडी भू–भागका एक(दुई स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का क्षणिक वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको छ । साथै उपत्यका लगायत देशका धेरै भू(भागहरूमा तुवाँलोको सम्भावना रहेको छ ।

रातीː   देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी  भू–भागको मौसम सामान्यतया सफा रहने छ।

२०८० वैशाख ५ गते(मङ्गलवार)

दिउँसोː देशका पहाडी भू–भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी  भू–भागमा आंशिक बदली देखी सामान्यतया मौसम सफा रहने छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू(भागका थोरै स्थानहरूमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित हल्का क्षणिक वर्षाको सम्भावना रहेको छ। तराईका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको छ । साथै उपत्यका लगायत देशका धेरै भू–भागहरूमा तुवाँलोको सम्भावना रहेको छ ।

रातीː   देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी  भू–भागको मौसम सामान्यतया सफा रहने छ। 

२०८० वैशाख ६ गते(बुधबार)

दिउँसोː देशका सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य पहाडी भू–भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी  भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित हल्का÷क्षणिक वर्षाको सम्भावना रहेको छ। सुदूर पश्चिम र लुम्बिनी प्रदेशहरूका तराईका केही स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको छ । साथै उपत्यका लगायत देशका केही भू–भागहरूमा तुवाँलोको सम्भावना रहेको छ ।

रातीː  देशका सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य पहाडी भू–भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी  भू–भागमा मौसम आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित हल्का क्षणिक वर्षाको सम्भावना रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस