हवल्दारले आफैँलाई हाने गोली « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

हवल्दारले आफैँलाई हाने गोली


३ बैशाख २०८०, आइतबार


काठमाडौँ । सशस्त्र प्रहरीका सहायक हवल्दारले आफैँलाई गोली हानेका छन्। 

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ टिकरीका ३५ वर्षीय वसन्त केसीले आइतबार बेलुका आफैँलाई गोली हानेका हुन् । 

गोली हान्दा घटनास्थलमै उनको मृत्यु भएको जनाइएको छ । 

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार कारागार सुरक्षा गुल्म तुलसीपुरमा ४-५ दिन पहिले आएका केसीले ड्युटीकै क्रममा आफूलाई गोली हानेका हुन्। केसी ४८ नम्बर रिजर्भ गुल्म कपिलवस्तुमा कार्यरत रहेको जनाइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस