अलपत्र ठेक्का तोड्न मन्त्री ज्वालाले गरे भारतीय राजदूतसँग छलफल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

अलपत्र ठेक्का तोड्न मन्त्री ज्वालाले गरे भारतीय राजदूतसँग छलफल


३ बैशाख २०८०, आइतबार


काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवबीच छलफल भएको छ ।

भारतीय लगानी र भारतीय निर्माण कम्पनीले जिम्मा लिएर अलपत्र पारेका योजना तोड्ने विषयमा मन्त्री ज्वाला र राजदूत श्रीवास्तवबीच छलफल भएको हो । 

आइतबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वाला र श्रीवास्तवबीच लामो समयदेखि अलपत्र योजना तोड्ने र पठनाह-विराटनगर, रक्सौल काठमाडौँ रेल सेवा निर्माण र सञ्चालनका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । 

भारतीय एक्जिम बैंकको लगानीमा केही योजनाहरू नेपालमा सञ्चालित छन् । ती योजनाहरू भारतीय निर्माण कम्पनीले सम्पन्न गर्ने ठेक्का पनि लिएका थिए । तर लामो समयसम्म निर्माण हुन सकेका छैनन् । 

Tags :
प्रतिक्रिया दिनुहोस