आर्थिक चलखेलको आरोप लागेका मालपोतका कर्मचारीबारे छानबिन गर्न निर्देशन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आर्थिक चलखेलको आरोप लागेका मालपोतका कर्मचारीबारे छानबिन गर्न निर्देशन


३ बैशाख २०८०, आइतबार


काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठले मालपोत कार्यालय कास्कीका कर्मचारीहरूले आर्थिक चलखेल गरी सेटिङमा काम गरेको भन्ने आरोप तत्काल छानबिन गर्न निर्देशन दिएकी छिन् ।

आइतबार मन्त्री श्रेष्ठले भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पद्म निधि सोतीलाई ठाडो निर्देशन दिएकी हुन् ।

केही दिनअघि मात्रै मालपोत कार्यालय कास्कीका कर्मचारीहरूले आर्थिक चलखेल गरी सेटिङमा काम गर्ने गरेको सार्वजनिक भएको थियो ।

सोही घटनाको विषयमा थप सत्यतथ्य छानबिन गरी विभागीय कारबाही गर्न मन्त्री श्रेष्ठले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

साथै मन्त्री श्रेष्ठले अन्य जिल्लाको मालपोत तथा नापी कार्यालयहरूको अवस्था र समस्याका विषयमा अध्ययन गरी रिपोर्ट पेस गर्न निर्देशन दिइन् । 

Tags :
प्रतिक्रिया दिनुहोस