माओवादी, एकीकृत समाजवादी र जसपाबीच एकता हुँदै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

माओवादी, एकीकृत समाजवादी र जसपाबीच एकता हुँदै


३ बैशाख २०८०, आइतबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) बीच मोर्चा बन्ने भएको छ ।

नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले केही दिनभित्र छिट्टै मोर्चा बनाउने तयारी रहेको बताए ।  

आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक चौधरीले १५ दिनभित्र तीन पार्टीबीच मोर्चा बन्ने बताएका हुन् । 

उनले मोर्चाले सकारात्मक रूप लिए पार्टी एकतासम्म हुने सम्भावना रहेको बताए । आफूहरू पार्टी निर्माण र पार्टी एकताको अभियानमा लागिरहेको उनको भनाइ छ । 

Tags :
प्रतिक्रिया दिनुहोस