ओलीको स्वस्थमा समस्या « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

ओलीको स्वस्थमा समस्या


३ बैशाख २०८०, आइतबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । अध्यक्ष ओलीले आइतबार सामाजिक सञ्जालमार्फत आफू अस्वस्थ भएको जानकारी दिएका हुन् ।

 ‘भाइरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ । अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु’ अध्यक्ष ओलीले भनेका छन्, ‘तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा हाम्रा पार्टीका उम्मेदवारहरूको चुनावी अभियानमा सहभागी हुने मेरो इच्छा थियो । तर, अहिले म ती कार्यक्रमहरूमा सहभागी हुन सकिरहेको छैन ।’ 

Tags :
प्रतिक्रिया दिनुहोस