मुगुमा पहिलो पटक अदालती विवाह « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मुगुमा पहिलो पटक अदालती विवाह


३ बैशाख २०८०, आइतबार


काठमाडौँ । मुगुमा अदालती विवाह (कोर्ट म्यारिज) भएको छ । यसअघि परम्परा, धर्म, संस्कृति तथा रीतिरिवाजअनुसार विवाह हुँदै आएकोमा पहिलो पटक अदालतीमार्फत कानुनी प्रक्रिया पूरा गरी विवाह भएको हो ।

जिल्लाको सोरु गाउँपालिका-७ सिपगाँउका ७० वर्षीय प्यारीलाल काफ्ले र खत्याड गाउँपालिका-४ जिउका गाउँका ४२ वर्षीय जानकी रोकायाबीच आज जिल्ला अदालत विवाह भएको हो । आफूहरुबीच २८ वर्षको फरक भए पनि आफू कसैको दबाब तथा लोभमा नपरेको जानकी रोकायाले बताइन् ।

विवाहको कानुनी प्रक्रिया पूरा गरी जिल्ला न्यायाधीश दिलकुमार वर्देवाले विवाहित जोडीलाई प्रमाणपत्र प्रदान गरेका छन् ।  

Tags :
प्रतिक्रिया दिनुहोस