मङ्गलवार बस्ने गरी सकियो प्रतिनिधि सभाको बैठक « प्रशासन
Logo ३ असार २०८१, सोमबार
   

मङ्गलवार बस्ने गरी सकियो प्रतिनिधि सभाको बैठक


३ बैशाख २०८०, आइतबार


काठमाडौँ । प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख ५ गते बस्ने भएको छ । बैठक मङ्गलवार दिउँसो १ बजे नयाँ वानेश्वरस्थित संसद् भवनमा बस्ने भएको हो ।  

आइतबारको बैठकमा एक सन्देश टेबुल हुनाका साथै सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ । 

राष्ट्रियसभाबाट ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७’ र ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७’का सम्बन्धमा प्राप्त सन्देशसहितको विधेयक प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले सभामा टेबुल गरेका हुन् । 

यसैगरी राष्ट्रियसभाबाट सन्देशसहित प्रतिनिधिसभामा प्राप्त ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि बैठकले स्वीकृत गरेको छ ।   

Tags :
प्रतिक्रिया दिनुहोस