संसद बैठकपछि मात्रै सांसदको हाजिर गर्ने व्यवस्था गर्न माग « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

संसद बैठकपछि मात्रै सांसदको हाजिर गर्ने व्यवस्था गर्न माग


३ बैशाख २०८०, आइतबार


काठमाडौँ । संसद बैठक सकिएपछि मात्रै सांसदको हाजिर गर्ने व्यवस्था गर्न माग गरिएको  छ । 

आइतबार प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै रास्वपाका सांसद हरि ढकालले संसदमा गणपूरक संख्या नपुग्ने समस्या देखा परेको भन्दै समाधानका लागि सांसदको हाजिरी बैठक सकिएपछि गर्ने व्यवस्था उपयुक्त हुने सुझाव दिएका हुन् । 

गत चैत २९ गतेको बैठकमा गणपूरक संख्या नपुगेका कारण राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेको थिएन। त्यसअघि माघ १२ गते पनि गणपूरक संख्या नपुगेका कारण अनुगमन तथा मूल्याङ्कन सम्बन्धी विधेयक निर्णयार्थ प्रस्तुत हुन सकेको थिए । यही दुइटा उदाहरण प्रस्तुत गर्दै सांसद ढकालले आफूहरूबारे समाजमा नकारात्मक सन्देश गइरहेको उनको  भनाई छ । 

Tags :
प्रतिक्रिया दिनुहोस