घट्यो सुनको मूल्य   « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

घट्यो सुनको मूल्य  


३ बैशाख २०८०, आइतबार


काठमाडौँ । सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बिहीबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १० हजार र तेजाबी सुनको मूल्य १ लाख ९ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

३० चैत २०७९ मा छापावाल सुनको प्रतितोला मूल्य १ लाख १० हजार ८ सय र  तेजाबी सुनको मूल्य १ लाख १० हजार २५० रुपैयाँ तोकिएको थियो ।

चाँदीको कारोबार भने ३० चैत २०७९ कै मूल्यमा (प्रतितोला १ हजार ४५० रुपैयाँ) भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस