आन्तरिक उडान प्रभावित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आन्तरिक उडान प्रभावित


३ बैशाख २०८०, आइतबार


काठमाडौँ । आन्तरिक उडान प्रभावित भएका छन् । खराब मौसमका कारण भिजिबिलिटी घट्दा उडान प्रभावित भएका हुन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार पोखरा, भरतपुर र तुम्लिङटारको उडान प्रभावित भएको छन्।

बिहान उडान अवतरण ठप्प भएको सिमरामा भने अघि बिहान पौने ११ बजेदेखि उडान सुरु भएको विमानस्थल कार्यालयले जनाएको छ । 

पोखरा, भरतपुर र सङ्खुवासभाको तुम्लिङटारमा भने अहिले पनि उडान अवतरण हुन सकेको छैन । मौसम सफा भएपछि मात्रै उडान हुने विमानस्थल कार्यालयको भनाई छ । 

Tags :
प्रतिक्रिया दिनुहोस