मन्त्रिपरिषद् विस्तार हुँदै, आठौँ पटकमा पनि पूर्ण नहुने ! « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मन्त्रिपरिषद् विस्तार हुँदै, आठौँ पटकमा पनि पूर्ण नहुने !


३ बैशाख २०८०, आइतबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार(आज) मन्त्रिपरिषद् विस्तार गर्दै छन् । नयाँ मन्त्रीहरूको शपथ अपराह्न तीन बजे तोकिएको छ ।

आठौंपटक मन्त्रिमण्डल विस्तार गर्न लागेका ‘प्र’चण्ड’ले परराष्ट्र मन्त्रीको रूपमा नेपाली काँग्रेसका एनपी साउदलाई शपथ ग्रहण ल्याउने निश्चित भएको छ भने अन्य मन्त्रीहरूको भने टुङ्गो लागेको छैन । 

गत पुस १० गते प्रधानमन्त्री बनेका ‘प्रचण्ड’ले १७ चैतमा ५ वटा मन्त्रालय आफैँ सम्हाल्दै सातौँ पटक मन्त्रिपरिषद् विस्तार गरेका थिए । अन्य मन्त्रीहरूको शपथ नभएको अवस्थामा आज साउद परराष्ट्र मन्त्री बनेपछि पनि सरकार अझै अपुरो हुनेछ । यसपछि पनि प्रधानमन्त्री प्रचण्डसँग अझै चार मन्त्रालय बाँकी रहनेछन् ।

निकट भविष्यमा गर्न लागेको भारत भ्रमणलाई लक्षित गर्दै परराष्ट्र मन्त्री नियुक्त गर्न लागिए पनि मन्त्रिपरिषद्लाई पूर्णता भने यही वैशाख १० गते हुने उपनिर्वाचन पछि मात्रै गर्ने तयारी रहेको प्रधानमन्त्री सचिवालय स्रोत बताउँछ । 

Tags :
प्रतिक्रिया दिनुहोस