महाविपत्तिको जस्तो सोचेर काम गर्नुपर्छ : महामन्त्री थापा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

महाविपत्तिको जस्तो सोचेर काम गर्नुपर्छ : महामन्त्री थापा


२ बैशाख २०८०, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सरकारले महाविपत्तिमा जसरी काम गर्नुपर्ने बताएका छन् ।

काँग्रेस मकवानपुर–काठमाडौँ सम्पर्क समितिले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले मुलुक सङ्कटमा रहेको बेला सरकारले त्यसलाई महसुस गरेर परिणाम दिने गरी काम गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, चाहे त्यो प्रदेशको मन्त्री होस् । चाहे त्यो नगरको मेयर होस् वा चाहे त्यो वडाध्यक्ष होस् । चाहे त्यो देश मन्त्री, प्रधानमन्त्री होस् । उसको सोच्ने तरिका भनेको नेपालमा अहिले महाविपत्ति आएको छ । सङ्कटको बेला छ । युद्धको बेलामा जस्तो सोच्ने हुनुपर्दछ । उसलाई भ्याई नभ्याई हुनु पर्दछ । त्यो अप्ठ्यारो उसले महसुस गर्न सक्नु पर्दछ । अनि मात्रै परिणाम दिन सकिन्छ । हामीले ठिक ढङ्गले काम गर्न सक्यौँ भने अबको ३/४ महिना भित्रमा फेरि देशमा सबै कुरा सम्हाल्न नसकिने भएको पनि होइन । स्थिति ठिक छैन, असहज छ । राम्रोसँग सम्हालेनौ भने बिग्रँदै जान्छ । अहिले पुरानो जति सडे गलेको, नयाँ जति राम्रो भन्ने भ्रमपूर्ण नाराका साथमा जुन खालको गिजोल्ने प्रयास नेपालको राजनीति र नेपाली समाजमा भइरहेको छ । त्यसको प्रभाव नपर्नका निम्ति हाम्रा बीचमा भएका बेमेलहरूलाई हटाएर सबै वडा सम्मेलनहरू गर्नुपर्‍यो । प्रदेश सम्मेलन गर्नुपर्‍यो । क्षेत्रीय सम्मेलन गर्नुपर्‍यो । जिल्ला सम्मेलन गर्नुपर्‍यो ।’

उनले प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, प्रदेश मन्त्रीदेखि स्थानीय तहका वडाध्यक्षले समेत महाविपत्तिको बेलाजस्तो सोचेर काम गर्नुपर्ने बेला आएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस