पोखराका होटलमा ९० प्रतिशत पर्यटक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पोखराका होटलमा ९० प्रतिशत पर्यटक


२ बैशाख २०८०, शनिबार


गण्डकी । नयाँ वर्ष २०८० को आगमनसँगै पोखराका होटेल क्षमताको ९० प्रतिशत बढी भरिएका छन् ।

कोरोनाका कारण लामो समयसम्म प्रभावित यहाँको पर्यटन गत माघ १ गते भएको यती एयरलाइन्सको विमान दुर्घटनापछि झनै सुस्ताएकामा नयाँ वर्षको आगमनले उत्साह थपेको होटेल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।

पोखरा र आसपास गरी यहाँ ठुला–साना गरी लगभग एक हजार दुई सय होटेल सञ्चालनमा छन् । उनले नयाँ वर्षको आगमनसँगै देखिएको पर्यटकको चापले आफूहरूलाई उत्साहित बनाएको उनले बताए ।

‘नयाँ वर्षका कारण यतिखेर लेक साइडका होटेल लगभग शतप्रतिशत भरिएका छन्’, उनले भने, ‘लेकसाइडमात्र नभई पोखरा र आसपासका होटेलसमेतको अक्युपेन्सी हेर्दा ९० प्रतिशतभन्दा बढी देखिन्छ ।’

नयाँ वर्षको अघिल्लो दिन चैत ३० गते र वैशाख १ गते लेक साइड क्षेत्रमा पर्यटकको चापका कारण कोठा पाउन मुस्किल भएको होटेल एसियाका सञ्चालक धर्मराज पन्थीले जानकारी दिए ।

नयाँ वर्षको आगमनलाई लक्षित गरी आयोजित फेवा नववर्ष महोत्सवका कारण पनि आन्तरिक पर्यटकको चहलपहल बर्सेनि बढ्दै गएको पर्यटन व्यवसायी बताउँछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस