महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झण्डा पार्क निर्माण गर्ने तयारी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झण्डा पार्क निर्माण गर्ने तयारी


१ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । पोखराको महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झन्डा पार्क निर्माण गर्ने तयारी गरिएको छ ।

त्यसका लागी लायन्स क्लब फल इन्टरनेश्नलको आर्थिक सहयोग गर्ने जनाइएको छ । शुक्रवार नयाँ वर्ष २०८० को अवसरमा उक्त पार्कको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शिलान्याससमेत गरेका छन् । 

पार्कको शिलान्यास गर्दै प्रमुख आचार्यले चार तहको प्यारा फिट शैलीमा निर्माण गरिने पार्कमा सबै देशको नाम सहितका पिल्लरहरु निर्माण गरिने र बीचमा सबैभन्दा अग्लो नेपालको झन्डा राखिने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस