प्रयोगविहीन बने अर्बौँ लागतमा बनेका होल्डिङ सेन्टर « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

 प्रयोगविहीन बने अर्बौँ लागतमा बनेका होल्डिङ सेन्टर


१ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । देशभरका सात होल्डिङ सेन्टर प्रयोगविहीन बनेका छन् ।

नेपाली सेनाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि दुई अर्ब १६ लाख ३५ हजारको लगानीमा निर्माण गरेका होल्डिङ सेन्टर प्रयोग विहीन बनेका हुन् । 

कोभिड–१९ कै बेलासमेत ती सेन्टर प्रयोगमा आउन नसकेको ती होल्डिङ सेन्टर कोभिडको तेस्रो लहरका बेला सेन्टर निर्माणाधीन थिए । भारतबाट आउने नेपाली तथा भारतीय नागरिकलाई होल्डिङ सेन्टरमा राखेर स्वास्थ्य परीक्षण गर्नेसहितका सुविधा दिने उद्देश्य थियो । 

सरकारले झापा, मोरङ, पर्सा, कपिलवस्तु, बाँके, कैलाली र कञ्चनपुर जिल्लामा सातवटा सेन्टर स्थापना गरेको छ । सातवटा होल्डिङ सेन्टरको क्षमता एक हजार बेड रहेको छ ।

महालेखा परीक्षकको कार्यालयको ६०औँ प्रतिवेदनमा ती सेन्टर प्रयोगविहीन भएको उल्लेख छ । यस्ता सेन्टरलाई विपद् व्यवस्थापनमा प्रयोग गर्न सकिने महालेखाले सरकारलाई सुझाव दिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस