चार क्यासिनो सञ्चालकले बुझाएनन् रोयल्टी बापतको २२ करोड  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

चार क्यासिनो सञ्चालकले बुझाएनन् रोयल्टी बापतको २२ करोड 


१ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । बिहीबार महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चार कम्पनीका सञ्चालकले २२ करोड ३५ लाख रुपैयाँ बुझाएका छैनन् । 

यस वर्ष २४ क्यासिनो सञ्चालकबाट निवेदन दस्तुर, इजाजत दस्तुर, रोयल्टी रकम, नवीकरण दस्तुर र वार्षिक थप दस्तुरसमेत एक अर्ब १५ करोड ४६ लाख रुपैयाँ राजस्व प्राप्त गर्नुपर्नेमा २० क्यासिनो सञ्चालकले ९३ करोड ११ लाख रुपैयाँ बुझाएको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

चार कम्पनीका सञ्चालकबाट बक्यौता रकम र सो मा लाग्ने थप शुल्कसहित असुल गर्नुपर्ने महालेखा परीक्षकको प्रतिवेदनमा औँल्याएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस