अविवाहित म राजनीतिक सन्यासी हुँ : मन्त्री श्रेष्ठ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अविवाहित म राजनीतिक सन्यासी हुँ : मन्त्री श्रेष्ठ


१ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले अहिले राजनीतिलाई सफा गरेर देश बनाउनुपर्नेमा जोड दिएका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले भइरहेको प्रदूषित राजनीति सफा गर्न आवश्यक भएको बताएका हुन् । 

उनले आफ्नो नाममा घर जग्गा केही नभएकाले आफूलाई राजनीतिक सन्यासीको रूपमा तुलना गरेका छन् ।

उनले भने, ‘सन्यासीहरु पनि राजनीतिमा आउनुपर्‍यो । राजनीतिक गर्नेहरू सन्यासी हुनुपर्‍यो । राजनीति चाहिँ फोहोरिहरुलाई छाड्दिने अनि देश चाहिँ सफा होस् भन्ने छाड्दिनु हुँदैन । मेरो विचार म पनि सन्यासी हुँ । मैले आफूलाई राजनीतिक सन्यासी नै भन्छु। मेरो कुनै आफ्नो जमिन भन्ने छैन । आफ्नो घर र व्यक्तिगत सम्पत्ति छैन । तपाईँहरू सबैलाई थाहा छ म विवाहित पनि छैन ।’

Tags :
प्रतिक्रिया दिनुहोस