अब अनलाइनबाटै नक्सा पास गर्न सकिने « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

अब अनलाइनबाटै नक्सा पास गर्न सकिने


१ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अनलाइन प्रणालीबाटै नक्सापास गर्न सक्ने सेवा सुरु गरेको छ । १ वैशाख (आज)देखि घरको नक्सा दर्तादेखि प्लिन्थ लेभलसम्मको सेवा अनलाइनबाटै हुने मेयर बालेन साहले जानकारी दिएका छन् ।  

मेयर बालेन साहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अनलाइन प्रणालीको प्रयोगबाट घर तथा संरचना बनाउँदा घर नक्सा दर्ता अनलाइनबाटै पेस गर्न सकिनेछ । त्यस्तै, संधियारको सूचना, राजस्व तिर्ने, फिल्ड भिजिट मिति तोक्ने तथा प्लिन्थ लेभलसम्मको इजाजत लगायतका सम्पूर्ण प्रक्रिया महानगर तथा मातहतका कार्यालयमा नगई अनलाइनबाट नै सेवा लिन सकिनेछ ।’

Tags :
प्रतिक्रिया दिनुहोस