अभिलेखबाट एकीकृत समाजवादीले हटायो मुकुन्द न्यौपानेको नाम   « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

अभिलेखबाट एकीकृत समाजवादीले हटायो मुकुन्द न्यौपानेको नाम  


१ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले आफ्नो अभिलेखबाट नेता मुकुन्द न्यौपानेको नाम हटाउने निर्णय गरेको छ।

शुक्रबार बसेको सचिवालय बैठकले न्यौपानेको नाम अभिलेखबाट हटाउने निर्णय गरेको हो । 

अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालपछि तेस्रो वरियतामा रहेका न्यौपानेले गत चैत २५ गते एकीकृत समाजवादी छोडेको घोषणा गरेका थिए। 

केन्द्रीय सचिवालय बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको जनाइएको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस