४० अर्ब नाघ्यो विद्युतको बक्यौता महसुल   « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

४० अर्ब नाघ्यो विद्युतको बक्यौता महसुल  


१ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको विद्युत् महसुल बक्यौता ४० अर्ब नाघेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । 

प्राधिकरणले आर्थिक वर्ष २०७८/७९ सम्म ४० अर्ब १२ करोड विद्युत् महसुल बक्यौता उठाउन बाँकी रहेको महालेखा परीक्षकको ६०औँ प्रतिवेदनमा उल्लेख गरिएको छ । 

कार्यालयका अनुसार ४० अर्बमध्ये ट्रङ्क तथा डेडिकेटेड लाइन तर्फको ६७ ग्राहकहरूबाट असुल हुनुपर्ने १९ अर्ब ९५ करोड नाघेको छ । चालु आर्थिक वर्षमा त्यो रकम अझै बढेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस