कर्मचारीलाई सिकाउने क्रममा प्रदेशसभा सचिवालयको जिप दुर्घटना « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कर्मचारीलाई सिकाउने क्रममा प्रदेशसभा सचिवालयको जिप दुर्घटना


१ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । लुम्बिनी प्रदेशसभा सचिवालयको गाडी दुर्घटनामा परेको छ। निवासका कर्मचारीलाई सिकाउने क्रममा सचिवालयको गाडी दुर्घटनामा परेको हो ।

लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती वसन्तको बुटवलस्थित निवासमा प्रयोग हुँदै आएको लु १ झ ४४७ नं को टाटा स्टोम जिप दुर्घटनामा परेको प्रहरीको भनाई छ ।

शुक्रबार बिहान करिब ११ बजे सभामुखको सचिवालयका एक कर्मचारीलाई सिकाउने क्रममा दुर्घटनामा परेको बुझिएको छ।

प्रदेशसभा सचिवालयका चालक सिद्धराम चौधरीले सभामुखको सचिवालयका कर्मचारी पदम सोमैलाई सिकाउने क्रममा बुटवल १० र तिलोत्तमा नगरपालिकाको सीमा सडक योगिकुटीमा रहेको विद्युत् पोलमा ठोक्किएको थियो।

जिपले विद्युतको पोलमा ठोक्किँदा ढलेको पोलले स्थानीय डिल्लीराज अर्यालको घरमा समेत क्षति पुर्‍याएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस