आजदेखि व्यक्तिगत घटना दर्ता सप्ताह सुरु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

आजदेखि व्यक्तिगत घटना दर्ता सप्ताह सुरु


१ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । सरकारले शुक्रबारदेखि वैशाख ७ गतेसम्म व्यक्तिगत घटना दर्ता सप्ताह मनाउँदै छ ।

मन्त्रालयले व्यक्तिगत घटना समयमै दर्ता गराउन नागरिक जागरूक हुन् भन्ने उद्देश्यले सप्ताह सुरु गरेको हो ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सूचना जारी गर्दै शुक्रबारदेखि ७ गतेसम्म देशैभर व्यक्तिगत घटना दर्ता सप्ताह मनाउने जनाएको छ ।

विभागले सबै स्थानीय तहलाई परिपत्र गर्दै वैशाख पहिलो साता व्यक्तिगत घटना दर्ताका लागि जनचेतनामूलक कार्यक्रम गर्न समेत अनुरोध गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस