आजदेखि विक्रम संवत् २०८० सुरु, नयाँ वर्ष हर्षोल्लासपूर्वक मनाइँदै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

आजदेखि विक्रम संवत् २०८० सुरु, नयाँ वर्ष हर्षोल्लासपूर्वक मनाइँदै


१ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । आज विक्रम संवत् दुई हजार असी साल (२०८०) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ ।

आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो ।

सूर्य मेष राशिमा प्रवेश गर्दा शुरु भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष शुरु हुने भएकाले वैज्ञानिक रहेको विद्वान्को भनाइ छ । सौरमान र चान्द्रमानको समन्वय पनि यो संवत्मा भएको छ । कलि युग शुरु भएको ३ हजार ४४ वर्षपछि विक्रम संवत् शुरु भएको हो । 

हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता/असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन् । आज बिहानै नुहाउने, घर कोठा–आँगन सफा गर्ने, मीठो मीठो खाने, साथीसङ्गती तथा इष्टमित्रसँग भेटघाट गरी एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मनाउँछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस