घुससहित प्रहरी सहायक निरीक्षक अख्तियारको नियन्त्रणमा  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

घुससहित प्रहरी सहायक निरीक्षक अख्तियारको नियन्त्रणमा 


३० चैत्र २०७९, बिहिबार


काठमाडौँ । घुससहित रंगेहात प्रहरी सहायक निरीक्षक सचिन भदैसवार पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित निरीक्षक भदैसवारलाई नियन्त्रणमा लिएको हो ।

मिर्चैयास्थित इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक भदैसवारलाई ९ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरिएको स्रोतको भनाई छ । 

मुद्दा मिलाइदिने भनेर सेवाग्राहीबाट घुस रकम लिएलगत्तै इलाका प्रहरी कार्यालय नजिकैबाट उनलाई पक्राउ गरिएको बताइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस