रास्वपाले गरायो ढाकाकुमारलाई पार्टीबाट निष्कासन गरेको जानकारी संसद् सचिवालयलाई  « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

रास्वपाले गरायो ढाकाकुमारलाई पार्टीबाट निष्कासन गरेको जानकारी संसद् सचिवालयलाई 


३० चैत्र २०७९, बिहिबार


काठमाडौँ । रास्वपाले संघीय संसद् सचिवालयलाई ढाकाकुमार श्रेष्ठलाई पार्टीबाट निष्कासन गरेको जानकारी गराएको छ । बिहीबार रास्वपाले संघीय संसद् सचिवालयमा पत्र दर्ता गराएको जनाइएको छ । 

श्रेष्ठलाई पार्टीको विधानअनुसार केन्द्रीय समितिको बैठकले कारबाही गरेको पत्रमा उल्लेख गरिएको छ । उनको स्थानमा कानुनबमोजिम पदपूर्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनसमेत रास्वपाले आग्रह गरेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस